Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपालका बेस्ट ब्याटर कुशल भुर्तेल, बेस्ट बलर ओमानका बिलाल खान


    आइतबार, कार्तिक १९ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोटको बेस्ट ब्याटर नेपालका तर्फबाट कुशल भुर्तेल बनेका छन् । घरेलु मैदानमा आयोजित छनोट प्रतियोगितामा कुशल सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका थिए ।

    ११ विकेट लिएका ओमानका बिलाल खान बेस्ट बलर घोषित भए । उनले ११ विकेट लिएका थिए । सुपर ओभरमा बिलालले उत्कृष्ट प्रदर्शन गरेपछि आज नेपाललाई हराएर ओमानले उपाधि हात पारेको थियो । ओमानका अकिब इलियास बेस्ट प्लेयर र कश्यप प्रजापति प्लेयर अफ दी फाइनल घोषित भए ।

    नेपालका विभिन्न कर्पोरेट हाउसले प्रायोजन गरेका अन्य अवार्डहरुमा नेपाली खेलाडीहरुको पकड रह्यो । बेस्ट डेलिभरी अफ दी म्याच सोमपाल कामी, क्याच अफ दी म्याच विवेक यादब, सबैभन्दा लामो छक्का करन केसी, सट अफ दी म्याच गुल्सन झा, फास्टेस्ट रन स्कोरर करन केसी, माइलस्टोन अफ दी डे गुल्सन झाले प्राप्त गरे ।

    बजाजले प्रायोजन गरेको नेपाल्स बेस्ट ट्यालेन्ट र पठाओले प्रायोजन गरेको नेपाली टोलीभित्रको प्लेयर अफ दी सिरिज दुवै गुल्सन झाले प्राप्त गरे । प्लेयर अफ दी सिरिजबापत उनले ५५ हजार ५ सय ५५ र नेपाल्स बेस्ट ट्यालेन्टबापत मोटरसाइकल प्राप्त गरेका छन्।

    कसले के पाए ?

    बेस्ट डेलिभरी- सोमपाल कामी (१० हजार)

    क्याच अफ द म्याच- विवेक यादव (१० हजार)

    लामो छक्काः करण केसी (१५ हजार)

    सट अफ द म्याचः गुल्शन झा (१० हजार)

    फास्टेस्ट स्कोररः करण केसी (१५ हजार)

    एक्स एजबाट टीमलाई (१० लाख)

    माइलस्टोन अफ द म्याच- गुल्शन झा (१० हजार)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार