काठमाडौं। आईसीसी टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आज(आइतबार) नेपालले ओमानविरुद्ध खेल्दै छ।
आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने उक्त टी-२० विश्वकपमा स्थान बनाइसकेको नेपालले ओमान विरुद्धको फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
यस फाइनल खेलमा टियू मैदान कीर्तिपुरमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्।
नेपालले आइतबारकाे खेलमा दिपेन्द्र सिंह ऐरीको ठाउँमा सन्दीप जोरालाई प्लेइङ ११ मा समेटेको छ।
नेपालले सेमिफाइनल युएईलाई ८ विकेट तथा ओमानले बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाउँदै विश्वकप यात्रा पक्का गरेकाे थियाे।
यसअघि घरेलु टोली नेपाल ओमानसँग समूह चरणमा पाँच रनले पराजित हुँदा समूह विजेता बन्ने अवसर गुमाएको थियो। नेपाल समूह चरणको हारको बदला लिने उदेश्यका साथ मैदानमा उत्रिने छ।
नेपाली टोलीमा विश्वकपका लागि निर्णायक मानिएको खेलमा टिममा फर्किएका दीपेन्द्र सम्भवत फाइनलमा उपलब्ध हुने छैनन्।
नेपाल र ओमानबीच टी-२० अन्तर्राष्ट्रियमा अहिलेसम्म कुल पाँच खेल भएका छन्। नेपाल तीन र ओमान दुई खेलमा जित निकाल्दा पछिल्लो पटक टियू मैदानमा नै नेपाल ओमानसँग हारेको थियो।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend