Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • किमद्वारा कोरोनाभाइरस सङ्क्रमितको सुस्वास्थ्यको कामना


    शनिबार, असोज २४ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सियोल । उत्तर कोरियाका नेता किम जोङ उनले महामारीको वेवास्था गर्दै गरिएको सैन्य परेडमा शनिबार विश्वभरका कोरोनाभाइरस सङ्क्रमितको सुस्वास्थ्यको कामना व्यक्त गर्नुभएको छ ।

    अमेरिका–उत्तर कोरियाबीचको भएका शिखर सम्मेलनका एक सदस्य अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भर्खरै भाइरसको साथ अस्पतालमा भर्ना भई उपचारपछि निवासमा फर्किएका समय नेता किमले उत्तर कोरियाली राज्य सञ्चालित टेलिभिजनमा प्रसारण गरिएको एक मन्तव्यमा भन्नुभयो, “विश्वव्यापी महामारी निम्त्याएको भाइरसको समस्यासँग जुधिरहेका विश्वभरका सबैको सुस्वास्थ्यको कामना छ ।” उत्तर कोरियाको सरकारी टेलिभिजनले सत्तारुढ मजदुर पार्टीको ७५ औं वार्षिकोत्सव मनाउन प्योङयाङमा शनिबार भएको घण्टौं लामो सैन्य परेडको प्रत्यक्ष प्रसारण गरेको हो ।

    कार्यक्रमको उद्घाटनको एक प्रचार पोस्टरको चित्रसाथ खोलिएको थियो, जसमा तीन उत्तरी कोरियालीहरूले यसको हथौड़ा, हँसिया र ब्रशको प्रतीकहरू राखेका थिए । पोस्टरमा ‘हाम्रो महान पार्टीको लागि सबैभन्दा ठूलो जीत’ भन्ने नारा लेखिएको थियो । एएफपी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार