Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डा. भूसालको यात्रा संस्मरण ‘कोको पहाडमा भोको यात्री’ सार्वजनिक


    शनिबार, असोज २४ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाण्डौ – नेपाल सरकारका सहसचिव डा। भीष्मकुमार भूसालको यात्रा संस्मरण ‘कोको पहाडमा भोको यात्री’ आज सार्वजनिक भएको छ ।

    भर्चुअल पुस्तक विमोचन कार्यक्रम मार्फत कृति सार्वजनिक भएको हो । कोको पहाडभित्र भोको यात्री अध्ययन तथा जागिरको शिलशिलामा आफूले देश तथा विदेशमा गरेका यात्रा तथा अनुभवको संस्मरण भएको भूसालले बताउनुभयो । 

    नेपाल, चीन, जापान, युरोप, अफ्रिका र अमेरिकाका अनुभव बोकेको यस पुस्तकमा कर्मचारीका शैली, दुःख, हाँस्य, इतिहास, अर्थनीति, नोस्टाल्जिया र टाइम ट्राभलका कुरा पनि समेटिएका छन् । यस कृतिमा विभिन्न देशका भाषा कला संस्कृतिहरुलाई एउटै आवारणमा उतार्न खोजिएको भूसालको भनाइ छ । 

    भूसालको यो दोस्रो साहित्यिक कृति हो । यो भन्दा पहिले उहाँको कविता संग्रह ‘पहाड उचाल्ने परेलाहरु’ प्रकाशन भइसकेको छ । कर्मचारीको रुपमा भ्रष्टाचार विरोधी छवि बनाएका भूसालको कविता ‘बासँगका विलौना’ले सन् २०१३ को हेम सरिता अन्तर्राष्ट्रिय साहित्य पुरस्कार जितेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार