Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • बाघको आक्रमणबाट महिलाको मृत्यु


    शुक्रबार, कार्तिक १७ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बर्दियाको मधुवन नगरपालिका- ५ शक्तिपुरस्थित चिरोटे सामुदायिक वनमा बाख्रा चराउन गएकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु भएको छ ।

    आज बाघको आक्रमणमा परेर स्थानीय २८ वर्षीया सीता डाँगीको मृत्यु भएको हाे ।

    बाख्रा हेर्न जंगल गएकी डाँगीको बाघको आक्रमणमा परेर घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । भारतसँग सीमा जोडिएको सो क्षेत्रमा डाँगीलाई दिउँसो २ बजे बाघले आक्रमण गरेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार