Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सरकारी वार्ता टोलीद्वारा अनसन अन्त्य गर्न डा. केसीलाई आग्रह


    शनिबार, असोज २४ २०७७
    845
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सरकार वार्ता टोलीले अनसन अन्त्य गर्न डा. गोविन्द केसीलाई आग्रह गरेको छ । सहमति प्रयास असफल भएपछि शिक्षा सचिव गोपी मैनाली नेतृत्वको सरकारी वार्ता टोलीले शनिबार वत्तव्य जारी गर्दै डा. केसीका मागबारे आफ्नो धारणा समेत  सार्वजनिक गरेको हो ।

    सरकारी मेडिकल कलेज तथा प्रतिष्ठानमा चिकित्सा शिक्षाका विभिन्न तह तथा विषयका शैक्षिक कार्यक्रम सञ्चालन गर्न सालवसाली बजेट विनियोजन गरेर योजनाजद्ध रुपमा काम भइरहेको भन्दै वार्ता टोलीले भनेको छ, ‘गेटा मेडिकल कलेज भवन र अस्पताल भवन निर्माण सम्पन्न भइसकेको र अन्य पूर्वाधार निर्माण अन्तिम चरणमा छ ।’

    सरकारी वार्ता टोलीका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एबीबीएस कार्यक्रम सञ्चालन गर्न चिकित्सा शिक्षा आयोग समक्ष स्वयंम मुल्यांकन प्रतिवेदन पेश भइसकेको छ । प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्न बर्दिबास, बुटवल र सुर्खेतमा जग्गा प्राप्ति र गुरुयोजना स्वीकृत भइसकेको छ भने वातावरणीय प्रभाव मूल्यांकन स्वीकृतिको अन्तिम चरणमा रहेको वक्तव्यमा उल्लेख छ । 

    1111.jpg

    2222.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार