काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशक पदका लागि भएको चुनावमा नेपालले लज्जास्पद हार बेहोरेको छ । भारतको नयाँ दिल्लीमा बुधबार अपराह्न भएको चुनावमा नेपालका तर्फबाट उम्मेदवार रहेका शम्भुप्रसाद आचार्यले खसेको १० मतमा २ मात्र पाए । उनका प्रतिस्पर्धी बंगलादेशका उम्मेदवार प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा बाजेद ८ मत प्राप्त गरी विजयी भइन् ।
गोप्य मतदानमा यस क्षेत्रका स्वास्थ्यमन्त्रीहरूले भाग लिएका थिए । डब्लुएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रमा नेपाल, भारत, भुटान, बंगलादेश, उत्तर कोरिया, इन्डोनेसिया, मालदिभ्स, म्यानमार, श्रीलंका, थाइल्यान्ड र टिमोर लिस्टे सदस्य छन् । मतदानमा सैनिक शासन भएको देश म्यान्मारबाहेक १० सदस्य राष्ट्र सहभागी भए ।
प्रतिस्पर्धात्मक क्षमता राखेका आचार्यको हारले क्षेत्रीय स्तरमा नेपालको कूटनीतिक क्षमता अत्यन्त कमजोर र निरीह देखिएको छ । ‘यो मत परिणामले यस क्षेत्रमा कूटनीतिक हिसाबले नेपाल अत्यन्त कमजोर र निरीह देखिएको छ,’ डब्लुएचओ क्षेत्रीय कार्यालयमा कार्यरत एक नेपाली अधिकारीले भने । नेपालले यसअघि आफ्नो पक्षमा रहेका भारत र थाइल्याण्ड जस्ता सहयोगी देश पनि गुमाएको ती अधिकारीले बताए ।
एसिया क्षेत्रीय निर्देशक पदका लागि आचार्यको अनुभव र दक्षताअगाडि बाजेद कमजोर थिइन् तर बंगलादेशको बलियो कूटनीतिक लबिङका कारण उनले सफलता हात पारिन् । अटिजम रोगको उपचारका लागि पैरबी गर्दै आएकी बाजेद डब्लुएचओको मानसिक स्वास्थ्य विषयको सल्लाहकार समूहकी सदस्य थिइन् । उनले फेब्रुअरी १ तारिखदेखि ५ वर्षे कार्यभार सम्हाल्नेछिन् । यो समाचार नागरिक दैनिकमा छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend