Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मलेसियाविरुद्ध गुल्सनले पनि विकेट लिएपछि नेपाललाई पाँचौँ सफलता


    मंगलबार, कार्तिक १४ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा मलेसियाविरुद्ध घरेलु टोली नेपाललाई गुल्सन झाले विकेट लिएर पाँचौँ सफलता दिलाएका छन् ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको मलेसियाका सयेद अजिजलाई गुल्सनले कुशल भुर्तेलबाट क्याच गराए । अजिज ६८ रन बनाएर पभेलियन फर्किए ।

    जारी खेलको १५ ओभर समाप्त हुँदा मलेसियाले पाँच विकेट गुमाएर १२४ रन बनाएको छ ।

    नेपाल आज लगातार दोस्रो जितको खोजीमा छ । यसअघि, नेपालले प्रतियोगिताको पहिलो खेलमा सोमबार सिंगापुरविरुद्ध आठ विकेटको सहज जित निकालेको थियो ।

    मलेसिया भने पहिलो जितको खोजीमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार