Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विश्वकप छनोट: हङकङ बहराइनसँग पराजित


    मंगलबार, कार्तिक १४ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा बहराइनले हङकङलाई पराजित गरेको छ ।

    मुलपानी क्रिकेट मैदानमा भएको खेलमा १४७ रनको लक्ष्य पछ्याएको हङकङलाई ५ बल अगावै १२६ रनमा अलआउट गर्दै बहराइनले जित हात पारेको हो ।

    बहराइनको जितपछि समूह ‘बी’को समीकरण रोमाञ्चक बनेको छ । पहिलो खेलमा यूएईसँग पराजित बहराइनको यो पहिलो जित हो । उता कुवेतलाई पहिलो खेलमा हराएको हङकङको यो पहिलो हार हो । बहराइन र हङकङको दुई खेलबाट समान २/२ अंक छ ।

    हङकङका लागि अंशुमन रथले सर्वाधिक २८ रन बनाउँदा जिसान अलीले २१ र नसरुल्ला रानाले १६ रन बनाए ।

    हङकङलाई अलआउट गर्न बहराइनका अब्दुल माजिदले ३.१ ओभरमा जम्मा ७ रन खर्चेर ३ विकेट लिए । यस्तै अली दाउद र रिजवान बटले २/२ तथा साथाइया भिरापथिरान र इमरान अनवरले समान एक/एक विकेट लिए ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले विकेटकिपर इमरान अलीको अर्धशतक मद्दतमा १९.३ ओभरमा सबै विकेट गुमाएर १४६ रन बनाएको थियो । अलीले ४३ बल खेल्दै ५ चौका र ३ छक्का मदतमा ६२ रन बनाए ।

    इमरान अनवरले १५ , हैदर अलीले १४ र रिजवान बटले १३ रन जोडे ।

    त्यस्तै हङकङका लागि नसरुल्ला रानाले ३ तथा अइजाज खान, एहसान खान र यासिम मुर्तजाले २/२ विकेट लिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार