Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • भारतले दियाे इङ्ल्यान्डलाई २ सय ३० रनकाे लक्ष्य


    आइतबार, कार्तिक १२ २०८०
    1.2K
    Shares
    England's Chris Woakes, facing the camera, celebrates with teammates the wicket of India's Shreyas Iyer, left, during the ICC Men's Cricket World Cup match between England and India in Lucknow, India, Sunday, Oct. 29, 2023. (AP Photo/Aijaz Rahi)
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाण्डाै। आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा जितका लागि भारतले इङ्ल्यान्डलाई २ सय ३० रनकाे लक्ष्य दिएकाे छ ।

    लखनउमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय २९ रन बनायाे ।

    भारतका कप्तान राेहित शर्माले सर्वाधिक ८७ रन बनाए । यस्तै सूर्यकुमार यादवले ४९ र केएल राहुलले ३९ रन बनाए । बलिङतर्फ इङ्ल्यान्डका डेभिड विलीले ३ तथा क्रिस वाेक्स र अदिल रशिदले समान २ विकेट लिए ।

    भारत ५ खेलमा १० अङ्कसहित तालिकाकाे दाेस्राे स्थानमा छ । इङ्ल्यान्ड ५ खेलमा २ अङ्कसहित पुछारमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार