Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • गण्डकी प्रदेशमा थपिए ३५ जना कोरोना संक्रमित


    शुक्रबार, असोज २३ २०७७
    815
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । गण्डकी प्रदेशमा शुक्रबार थप ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसहित गण्डकी प्रदेशमा संक्रमितको संख्या ४ हजार ५ सय ३३ पुगेको छ ।

    प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार बिहान क्षयरोग उपचार केन्द्र, पोखरा पोखरा गरिएको परीक्षणमा प्रदेशमा ३५ जना नयाँ संक्रमित थप भएका हुन् ।

    थपिएका नयाँ संक्रमितमा कास्कीका २४, तनहुँ ५, लमजुङ ३, नजलपरासी पूर्व २ र गोरखाका १ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिएका छन् ।

    कास्कीका संक्रमितमध्ये एक जना पद्मा नर्सिङ होमका डाक्टर रहेका छन् भने एक जना अमेरिकाबाट आएका व्यक्ति हुन् । उनीहरु सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको निर्देशक शर्माले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार