Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • मापदण्ड नपुगेका स्वास्थ्य परीक्षण गर्ने संस्थाको सूचीकरण खारेज


    शुक्रबार, असोज २३ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने ३५ संस्थाको सूचीकरण खारेज भएको छ। 

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मापदण्ड नपुगेको ती संस्थाको सूचीकरण खारेज गरेको हो। स्वास्थ्य परीक्षणगर्ने स्वास्थ्य संस्थाले सूचीकरण हुँदा बुझाउनु पर्ने धरौटी रकम समयमै जम्मा नगरेको भन्दै असोज २० गतेको मन्त्रिस्तरको निर्णयले सूचीकरण खारेज गरेको हो। 

    ‘वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ४५ क. को उपनियम (६) र (७) बमोजिम वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचिकरण हुँदा पाँच लाख रुपैयाँ नगद जम्मा गर्नुपर्ने र वैदेशिक रोजगार (पाँचौ संशोधन) नियमावली, २०७६ (राजपत्र प्रकाशन र लागू मिति २०७६/५/१) लागू हुनुभन्दा अघि मन्त्रालयमा सूचिकरण भई सकेका स्वास्थ्य संस्थाले वैदेशिक रोजगार (पाँचौ संशोधन नियमावली प्रारम्भ भएको मितिले तीन महिना भित्र नपुग धरौटी वापतको रकम २ लाख वैदेशिक रोजगार विभागमा नबुझाएकाले ३५ वटा संस्थाको सूचीकरणखारेज गरिएको छ,’मन्त्रालयले भनेको छ।

    खारेजीमा परेकामध्ये ७ वटा संस्था भने मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्था छन्। यी सबै संस्थालाई तत्कालिन श्रम मन्त्री गोकर्ण विष्टले अनुमति दिएका थिए। 

    यी हुन् खारेज भएका स्वास्थ्य परीक्षण गर्ने संस्थाहरु:-

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार