Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • ट्रम्प आगामी सातादेखि नियमित काममा फर्कने


    शुक्रबार, असोज २३ २०७७
    735
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी सातादेखि नियमित काममा फर्किने भएका छन् ।

    कोरोना पोजेटिभ देखिएपछि आइसोलेसनमा बस्नुभएका ट्रम्पको स्वास्थ्यमा केही खराबी नभएकाले अर्को हप्तादेखि नियमित काम फर्किन सक्ने डाक्टरले बताएका छन् ।

    उपचारमा संलग्न डाक्टर सिअन कानले राष्ट्रपति ट्रम्पमा कोरोना सङ्क्रमणको कुनै लक्षण नदेखिएको र स्वास्थ्य अवस्था स्थिर रहेकाले अब नियमित काममा फर्कन सक्ने बताएका हुन् ।

    उनले सङ्क्रमण पुष्टि भएको १० दिनपछि ट्रम्प सार्वजनिक कार्यक्रममा पनि सहभागी हुन सक्ने बताए । डाक्टरको यो भनाइ आएसँगै ट्रम्पले आज फेरि कोरोना परीक्षण गर्ने तयारी भएको बीबीसीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार