Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • कर्मचारीमा कोरोना पुष्टि भएपछि सञ्चय कोषको सेवा बन्द


    शुक्रबार, असोज २३ २०७७
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कर्मचारी सञ्चय कोषको सेवाहरु शुक्रबारदेखि प्रभावित भएको छ । कोषमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कोषले उपत्यका भित्रका कार्यालयबाट दिइने सबै सेवा बन्द गरेको हो । 

    कोषले कर्मचारी सञ्चय कोषले आफ्ना सेवा बन्द गरे पनि अनलाइनबाटै गर्न सकिने ‘अनलाइन विशेष सापटी सेवा’ यथावत राख्ने जनाएको छ । 

    कोषले उपत्यकाभित्र ठमेल, लगनखेल कार्यालय र पुल्चोक र सिंहदरबार सेवा केन्द्रबाट सेवा दिँदै आएको छ । उपत्यका बाहिर विराटनगर, जनकपुर, हेटौंडा, पोखरा, वुटवल, कोहल्पुर, धनगढी, सुर्खेतमा कोषका कार्यालय र धनकुटामा सेवा केन्द्र रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार