Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अमेरिकामा बैंक लुट्दै गर्दा नेपाली युवा पक्राउ


    बिहिबार, असोज २२ २०७७
    710
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अमेरिकामा बैंक लुटपाट गर्दागर्दै नेपाली मूलका सम्राट लामा पक्राउ परेका छन् ।

    अमेरिकाकाे मेरिल्याण्डस्थित गेथसवर्गमा बैंक लुटपाट गर्न लागेको अवस्थामा मोन्टगोमरी काउन्टी छैठौं डिस्ट्क्ट र गेथसबर्ग प्रहरी विभागका अधिकारीहरुले ३० वर्षीय लामालाई पक्राउ गरेका हुन् ।

    मंगलबार बिहान १० बजेर २ मिनेट जाँदा बैंकका कर्मचारीले ९११ मा फोन गरेका थिए। कर्मचारीले ६०७ नर्थ फेडरिक एभिन्युमा रहेको वेल्स फार्गो बैंकमा लुटपाट भइरहेको जानकारी दिएका थिए।

    फोन कल प्राप्त भएको दुई मिनेटपछि नै प्रहरीहरू बैंकमा पुगेका थिए । त्यतिबेला लामा बैंकभित्रै रहेका थिए, भाग्न पाएका थिएनन्। त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेर हिरासतमा लिएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार