काठमाडौँ । नेपाली टोली मलेसियामा जारी एसीसी यू—१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भएको छ । वर्षाबाट प्रभावित सेमिफाइनल खेलमा आज शनिबार जापानलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा एक सय ४४ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो । प्रतियोगिताको फाइनलमा पुगेसँगै नेपाली टोली आगामी यू—१९ एसिया कपका लागि पनि छनोट भएको छ ।
नेपालले अब प्रतियोगिताको अक्टोबर २४ तारिखमा हुने फाइनल खेलमा उपाधिका लागि संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्नेछ । त्यसअघि अक्टोबर २३ तारिखमा जापान र सिंगापुरबिच तेस्रो स्थानका लागि खेल हुनेछ ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले २५ ओभरमा दुई विकेट गुमाएर एक सय ४० रन बनाएपछि वर्षा सुरु भएको थियो । जापानविरुद्धको सेमिफाइनल खेलमा नेपालले गतिलो सुरुआत गरेको थियो ।
वर्षाले खेल अवरुद्ध हुँदा नेपालका लागि तेस्रो नम्बरका ब्याट्सम्यान आकाश त्रिपाठी अविजित ३५ र कप्तान देब खनाल अविजित आठ रन बनाउँदै क्रिजमा थिए ।
आकाशले ४७ बलको सामना गरी एक छक्का र एक चौका हिर्काएका थिए । नेपालका ओपनर ब्याट्सम्यानद्वय दीपक बोहरा र अर्जुन कुमालले ३२ रनको साझेदारी गरेका थिए । दीपक ७९ रन बनाएर आउट भएका थिए । उनले ७० बलमा दुई छक्का र १० चौका पनि प्रहार गरेका थिए ।
अर्जुन भने १० रनमा पेभेलियन फर्किएका थिए । नेपालले अतिरिक्त रुपमा आठ रन पाएको थियो । जापानका बलर काजुमा कातो स्टाफोर्ड र किफर यामामोतोले एक—एक विकेट लिएका थिए । त्यसपछि खेल वर्षाका कारण खेल रोकिएको थियो ।
अर्को सेमिफाइनल खेलमा सिंगापुरलाई हराउँदै संयुक्त अरब इमिरेट्स (यूएई) फाइनलमा पुगेको हो । नेपाल समूह ‘ए’ र जापान समूह ‘डी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेका थिए । यूएई समूह ‘बी’ र सिंगापुर समूह ‘सी’ को विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेका थिए ।
नेपालले समूहगत चरणको तीनवटै खेलमा जित हात पारेको थियो । नेपालले आफ्नो पहिलो खेलमा इरानलाई दुई सय ७४ रनको विशाल अन्तरले हराएको थियो । दोस्रो खेलमा नेपालले बहराइनलाई सात विकेटले पराजित गरेको थियो । नेपालले तेस्रो खेलमा साउदी अरेबियालाई तीन सय दुई रनले हराएको थियो ।
प्रतियोगितामा १६ वटा राष्ट्र सहभागी छन् । यो प्रतियोगिताबाट तीनवटा टोली यसै वर्ष पाकिस्तानमा आयोजना हुने एसीसी यू—१९ एसिया कपमा छनोट हुनेछन् । छनोट प्रतियोगितामा पहिलो र दोस्रो हुने टोली एसीसी यू—१९ एसिया कपको समूह ‘ए’ मा पर्नेछन् ।
त्यो प्रतियोगिताको समूह ‘ए’ मा भारत र पाकिस्तान छन् ।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend