Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हङकङविरुद्ध कुशलको अर्धशतक


    शनिबार, कार्तिक ४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडाैं। त्रिदेशीय टी–२० सिरिजमा हङकङविरुद्ध नेपालका कुशल मल्लले अर्धशतक प्रहार गरेका छन् । ३० बल खेलेर नटआउट रहेका उनले २ चौका र ५ छक्का प्रहार गरेका छन् ।

    अहिले उनलाई दीपेन्द्र सिंह ऐरीले साथ दिइरहेका छन् । ऐरी ३९ रन बनाएर खेलिरहेका छन् ।

    यसअघि आशिफ शेखले २० रन बनाउँदा कप्तान रोहित पौडेल ११ रन बनाएर आउट भए । नेपालका लागि सोमपाल कामीले ८ रन र कुशल भुर्तेलले २ रन मात्रै बनाए ।

    हङकङका लागि आयुश शुक्ला, हारूम अर्शद, ऐजद खान र मोहम्मत घाजानफारले एक/एक विकेट लिए ।

    नेपालले यसअघि यूएईलाई ७ र हङकङलाई ६ विकेटले पराजित गरेको थियो । आजको खेल जिते नेपाल सिरिजको फाइनलमा पुग्नेछ ।

    नेपालले चार अंक जोड्दा यूएई र हङकङले अंक जोड्न सकेका छैनन् ।

    तीन टिमबीच दुई दुई खेलपछि अंक तालिकामा शीर्ष दुईमा हुनेले फाइनल खेल्नेछन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार