Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • यू १९ प्रिमियर कप सेमिफाइनल: नेपाल र जापानको खेल वर्षाले प्रभावित


    शनिबार, कार्तिक ४ २०८०
    940
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मलेसियामा भइरहेको एसीसी यू-१९ प्रिमियर कपको सेमिफाइनल अन्तर्गत नेपाल र जापानको खेल वर्षाले प्रभावित भएको छ ।

    मलेसियाको बायुमास ओभलमा टस हारेर नेपालले ब्याटिङ गरिरहेको अवस्थामा खेल प्रभावित भएको हो ।

    खेल स्थगित हुँदा नेपालले २५ ओभर खेल्दै २ विकेट गुमाएर १४० रन बनाएको छ । नेपालका लागि ओपनर दीपक बोहोराले ७९ रन बनाए भने अर्जुन कुमाल १० रनमा आउट भए ।आकाश त्रिपाठी ३५ र देव खनाल १० रनमा अविजित छन् ।

    जापानका कजुमा काटो स्टाफोर्ड र किफर यामामोटो लाकेले एक/एक विकेट लिएका छन् ।

    अहिले वर्षा रोकिएको छ । ढाकिएको पिच खुला गरिएको छ । केही समयपछि खेल सुरु गर्ने तयारी भइरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार