Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ट्रकबाट डेढ क्‍विन्टल गाँजा बरामद, चालक र सहचालक फरार


    बिहिबार, असोज २२ २०७७
    740
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बारा । प्रहरीले बुधबार जीतपुर सिमरा उपमहानगरपालिकाबाट गाँजा बरामद गरेको छ । ट्रकमा लोड गरी भारत पुर्‍याउन खोज्दै गरेकाे अवस्थामा उक्त गाँजा प्रहरीले बरामद गरेकाे हाे।

    पथलैयाबाट वीरगन्जतर्फ जाँदै गरेको ना ७ ख ९४५४ नम्बरको ट्रक जाँच गर्दा १ सय ४७ केजी तयारी गाँजा जितपुरसिमरा उपमहानगरपालिका–७ वीरगन्ज–पथलैया सडक खण्डमा बरामद गरेको हो । ट्रकका चालक र सहचालक फरार छन् ।

    प्रहरीले जाँच गर्दा ट्रकको पछाडी लुकाइ राखेको ७ ओटा बोरामा १४ पोका गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए । फरार भएका चालक र सहचालकको खोजी भइरहेको उनले बताए । उनकाअनुसार प्रहरीलाई देखेर ट्रक छाडेर उनीहरु फरार भएका थिए । ट्रक र गाँजा प्रहरीको नियन्त्रणमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार