काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ५ सय ४० जना संक्रमित भेटिएका छन्।
काठमाडौंमा मात्रै २ हजार ८५ जना, भक्तपुरमा १ सय ३५ र ललितपुरमा ३ सय २० जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन्।