Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बिहीबार भेटिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित , एकैदिन ४,३६४ जनामा संक्रमण पुष्टि


    बिहिबार, असोज २२ २०७७
    555
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपालमा थप  ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  

    बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप  ४ हजार ३ सय ६४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए। 

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९८ हजार ६ सय १७ पुगेको छ। संक्रमितमध्ये ७१ हजार ३ सय ४३ जना निको भएर घर फर्किएका छन्। यस्तै कोरोना संक्रमणबाट अहिलेसम्म ५ सय ९० जनाको मृत्यु भएको छ।  

    प्रवक्ता गौतमका अनुसार बिहीबार कोरोनालाई जितेर १ हजार १ सय २६ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

    पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १८ हजार ४ ;o ७३ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ११ लाख ३१ हजार ९५८ जनाको पीसीआर परीक्षण गरिएको छ ।  

    देशभरका संस्थागत आइसोलेसन ११ हजार ७ सय १७ जना र होम आइसोलेसनमा १४ हजार ९ सय ६७ जना रहेका छन् । आजसम्म देशभर ४ हजार ४ सय ६० जना क्‍वारेन्टिनमा रहेका छन् । 

    देशभर ४२ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २ सय ६५ जना आईसीयूमा राखेर उपचार भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार