काठमाडाैँ। अहिले देश विदेशमा बस्ने नेपालीहरुमा दशैंको उल्लास छाउन थालेको छ । नेपाल पञ्चाङग निर्णायक समितिका अनुसार नेपालमा यस वर्षको घटस्थापना असोज १२ गते परेको छ । असोज १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनाको साइत रहेको छ ।
यस्तै टीका अघि गरिने देवी विर्सजनको शुभ साइत असोज २१ गते मंगलबार बिहानै ८ बजेर ४५ मिनेटमा रहेको समितिले जानकारी दिएकाे छ । यसैगरी असोज १६ गते पचली भैरव यात्रा र १८ गते शनिबार फूलपातिको दिन तुलजा भवानी यात्रा बिहान ८ बजेर ५२ मिनेटमा उत्तम साइत रहेको छ ।
आउँदो असोज २१ गते मंगलबार बिहान १० बजेर ३५ मिनेट टीकाको साईत उत्तम रहेको समितिले जनाएको छ । यद्यपी साइत कुर्नु नपर्ने र दिनभर नै टीका लगाउन सकिने बताइएको छ ।
यस्तै अन्तराष्ट्रिय पञ्चाङग निर्णायक समितिले पनि विभिन्न देशहरुमा बस्ने नेपालीहरुले कति बेला टिका लगाउने भन्ने बारे आफ्नो निर्णय सार्वजनिक गरेको छ । भारत अमेरिका बेलायत अस्ट्रेलिया आदि देशमा कति बजे टिकाको उत्तम साइत छ भन्ने जिज्ञासा मेट्न समितिले बैठक नै बसेर शुभसाइतको समयको निर्णय गरेको हो ।
हेर्नुहोस कुन देशमा कतिबजे टिकाको साइत :
