Nepal Face
  • आइतबार, १० साउन २०८३
  • त्रिदेशीय टी-२० सिरिजमा हङकङविरूद्ध नेपालले पहिला बलिङ गर्ने


    बिहिबार, कार्तिक २ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। त्रिदेशीय टी-२० सिरिजमा आज(बिहीबार) हुने हङकङविरूद्धको खेलमा नेपालले पहिला बलिङ रोजेको छ।

    मुलपानी क्रिकेट मैदानमा भएको टस जितेर नेपालले पहिला बलिङ गर्ने निर्णय गरेको हो। यसअघि बुधबार भएको पहिलो खेलमा नेपालले युएईमाथि ७ विकेटको जित हात पारेको थियो।

    युएईले दिएको १४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा पूरा गर्‍यो।

    नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले नटआउट ५१ रन र दीपेन्द्रसिंह ऐरीले नटआउट ३४ रन बनाए। रोहितले ४० बलमा ५ चौका र दीपेन्द्रले २३ बलमा ३ चौका र १ छक्का हिर्काए।

    नेपालका ओपनर कुशल भुर्तेल १४ रनमा आउट भएका थिए। अर्का ओपनर आसिफ शेखले २३ रनको योगदान दिँदा कुशल मल्ल ११ रन जोडेर आउट भए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार