Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • डोजरको ठक्करबाट गुल्मीमा १ जना वृद्धको मृत्यु


    बिहिबार, कार्तिक २ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • गुल्मी । डोजरको ठक्करबाट गुल्मीमा एकजना वृद्धको मृत्यु भएको छ ।

    जिल्लाको रेसुङ्गा नगरपालिका-१४ का ९२ वर्षका कृष्णबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।

    तम्घासबाट पराल्मी जाने कच्ची सडकको टापु भन्ने स्थानमा लु१क ५०२४ नम्बरको डोजरले पैदल यात्री सुनारलाई ठक्कर दिँदा घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रहरीले डोजर चालक पाल्पा जिल्ला माथागढी गाउँपालिका-७ रतवास बस्ने २९ वर्षका कृष्णबहादुर लामिछान्लाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    उक्त घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार