काठमाडौँ। नेपालले त्रिदेशीय टी-२० सिरिजमा विजयी सुरूवात गरेको छ। आज मुलपानी मैदानमा नेपालले युएईमाथि ७ विकेटको जित हात पारेको हो।
युएईले दिएको १४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा पूरा गर्यो।
नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले नटआउट ५१ रन र दीपेन्द्रसिंह ऐरीले नटआउट ३४ रन बनाए। रोहितले ४० बलमा ५ चौका र दीपेन्द्रले २३ बलमा ३ चौका र १ छक्का हिर्काए।
नेपालका ओपनर कुशल भुर्तेल १४ रनमा आउट भएका थिए। अर्का ओपनर आसिफ शेखले २३ रनको योगदान दिँदा कुशल मल्ल ११ रन जोडेर आउट भए।
त्यसअघि नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ७ विकेटको क्षतिमा १४० रन जोड्यो।
युएईका लागि बासिल हमीदले अर्धशतक प्रहार गरे। उनले ५१ रन जोडे। अभिनास बोहराको बलमा आउट हुनुअघि उनले ३८ बलमा १ चौका र ४ छक्का प्रहार गरे।
त्यसअघि युएईका ओपनर खालिद शाहलाई सोमपाल कामीले पहिलो ओभरमै शून्यमा रोहित पौडेलबाट क्याच गराए।
चौथो ओभरमा करण केसीको बलमा अलिसान शाराफु ६ रनमा कुशल भुर्तेलबाट सामातिए।
त्यसपछि गुल्सन झाले दुई विकेट लिन सफल भए। उनले युएईका कप्तान मोहमद वासीमालाई १७ रनमा र असिफ खानलाई १५ रनमा आउट गरेका थिए।
करणले युएईका लागि ३२ रन बनाएर खेलिरहेका अली नासीरलाई १७ ओभरको पहिलो बलमा पाँचौ विकेटको रुपमा आउट गरे।
बलिङमा नेपालका करण केसीले ३ विकेट लिए। उनले ४ ओभरमा १९ रन खर्चिए। यस्तै गुल्सन झाले २ विकेट लिए भने उनले ३ ओभरमा ११ रन खर्चिए। अभिनास र सोमपाल कामीले १-१ विकेट लिन सफल भए।
उक्त सिरिजमा नेपालले भोलि हङकङसँग खेल्नेछ।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend