Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेप्से परिसूचक उच्च अङ्कले बढ्यो


    बुधबार, कार्तिक १ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले उकालो लागेको छ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक बुधबार नेप्से परिसूचक ४३.२७ अङ्कले बढेको हो। नेप्से परिसूचक १९०७.८९ को बिन्दूमा पुगेको छ।

    आज २८६ कम्पनीको ३७ लाख ७२ हजार २३ कित्ता शेयर ९३ करोड ४८ लाख ९४ हजार २१८ रुपैयाँमा कारोबार भएको छ। बुधबार २१० कम्पनीको शेयर मूल्य बढ्दा १० कम्पनीको मात्रै घटेको छ।

    सबै समूहका उपसूचक बढेका छन्। सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक २.८७ र विकास ब्यांक समूहको उपसूचक २.७४ प्रतिशतले बढेको छ। आजको कारोबारमा आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा भने बीपीडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ४.६२ प्रतिशतले घटेको छ।

    कारोबार रकमका आधारमा सबैभन्दा धेरै सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको चार करोड ४६ लाख चार हजार ९३५ बराबरको कारोबार भएको छ।

    त्यस्तै कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने कुमारी ब्यांक लिमिटेड प्रमोटर शेयर तीन लाख १० हजार ५१५ कित्ता खरीद-बिक्री भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार