काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले उकालो लागेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक बुधबार नेप्से परिसूचक ४३.२७ अङ्कले बढेको हो। नेप्से परिसूचक १९०७.८९ को बिन्दूमा पुगेको छ।
आज २८६ कम्पनीको ३७ लाख ७२ हजार २३ कित्ता शेयर ९३ करोड ४८ लाख ९४ हजार २१८ रुपैयाँमा कारोबार भएको छ। बुधबार २१० कम्पनीको शेयर मूल्य बढ्दा १० कम्पनीको मात्रै घटेको छ।
सबै समूहका उपसूचक बढेका छन्। सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक २.८७ र विकास ब्यांक समूहको उपसूचक २.७४ प्रतिशतले बढेको छ। आजको कारोबारमा आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा भने बीपीडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ४.६२ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको चार करोड ४६ लाख चार हजार ९३५ बराबरको कारोबार भएको छ।
त्यस्तै कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने कुमारी ब्यांक लिमिटेड प्रमोटर शेयर तीन लाख १० हजार ५१५ कित्ता खरीद-बिक्री भएको छ।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend