काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले स्पीनर सन्दीप लामिछाने टिममा नहुँदा असर पर्ने गुनासो गरेका छन् ।
घरेलु मैदानमा बुधबारदेखि सुरु हुने त्रिदेशीय शृङ्खलाअघि आयोजित पत्रकार सम्मेलनमा कप्तान रोहितले सन्दीप नहुँदा टिममा असर पर्ने भए पनि टिम तयार रहेको उल्लेख गरेका हुन् ।
“शृङ्खलाका लागि हामीले राम्रो तयारी गरेका छौँ । भारतमा गरेको अभ्यास पनि राम्रो भयो । विश्वकप छनोटका लागि यो शृङ्खलाले सहयोग गर्नेछ,” रोहितले भने, “सन्दीप नहुँदा टोलीलाई केही असर त परिहाल्छ । तर पनि हामी तयार छौँ ।”
सन्दीपले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफू कठिन अवस्थामा रहेका कारण शृङ्खलाबाट नाम फिर्ता लिएका थिए । सन्दीपविरुद्धको बलात्कार मुद्दा अदालतमा विचाराधीन छ ।
भोलि (बुधबार)देखि सुरु हुने शृङ्खलामा नेपालसँगै हङकङ र युनाइटेड अरब इमिरेट्स (यूए) सहभागी छन् । शृङ्खलाअघि आयोजित पत्रकार सम्मेलनमार्फत नेपाल क्रिकेट संघ (क्यान)ले ट्रफीसमेत सार्वजनिक गरेको थियो ।
शृङ्खलाको पहिलो खेलमा नेपाली टिमले कार्तिक १ गते यूएईसँग खेल्ने छ । नेपालले कार्तिक २ गते र ४ गते हङकङसँग खेल्ने छ ।
नेपालले कार्तिक ६ मा यूएईसँग दोस्रो खेल खेल्ने छ । यूएई र हङकङ भने कार्तिक ५ र ८ मा भिड्ने छन् ।
शृङ्खलाको लिगका शीर्ष दुई टिम उपाधिका लागि भिड्ने छन् । शृङ्खलाको फाइनल कार्तिक १० गते हुने छ ।
प्रतियोगिताको फाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान हुनेछ ।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend