Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • कोरोना बढेपनि काठमाडौं भित्रिने संख्या बढ्यो, बाहिरिने पनि उत्तिकै


    बिहिबार, असोज २२ २०७७
    800
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको अवस्था डरलाग्दो भएपनि काठमाडौं भित्रिने र काठमाडौंबाट बाहिरिनेको संख्यामा कमी आएको छैन । पछिल्लो समय यो दर अझै बढेको पाइएको छ । 

    सरकारले कोरोनाको जोखिम रहेको भन्दै आम नागरिकलाई अत्यावश्यक अवस्थामा बाहेक काठमाडौं नभित्रिन र काठमाडौंबाट नबाहिरन आग्रह गरेको छ । तर उपत्यकाको नाकाको अवस्था अनुसार भने सो आग्रह उपेक्षा भएको पाइएको छ । 

    पछिल्लो २४ घण्टामा उपत्यका भित्रिने र बाहिरिनेको संख्या बराबर जस्तो रहेको छ। गत २४ घण्टामा विभिन्‍न नाका प्रयोग गरी ४ हजार ५ सय ३१ वटा सवारीसाधनमा १९ हजार ६ सय ८८ यात्रु उपत्यका भित्रिएका छन् । 

    सोही अवधिमा ४ हजार ४ सय ६६ सवारीसाधनमा १९ हजार ७ सय ८६ यात्रु उपत्यकाबाट बाहिरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । महाशाखाका अनुसार चौबीस घण्टाकै अवधिमा  उपत्यकामा ३३ वटा सवारीसाधन दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । २९ जना घाइते भएका छन् ।

    यस्तै उपत्यकामा जोर गते जोर नम्बरका सवारीसाधन सञ्चालनमा छन् । यही जोरबिजोरको उल्लङ्‍घन गर्ने १ सय ५५ ओटा सवारीसाधनलाई उपत्यकाबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । जसमा दुई पाङग्रे १ सय ५५ ओटा र ३० ओटा ४ पाङग्रे सवारीसाधन छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार