काठमाडौं । चर्चित अभिनेता दीपकराज गिरीले नेपाली चलचित्रलाई समयानुकुल परिवर्तन गर्दै जानुपर्ने आवश्यकता रहेको बताएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजनीति शरीरको मुटु भएको र नेपालीहरु राजनीतिबाट हामी टाढा बस्नै नसक्ने बताए । उनले धेरै नेताहरु आफ्नो विषयसँग सम्बन्धित कुरामा मात्रै ध्यान दिने गरेपनि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली समायानुकुल आफूलाई परिवर्तन गर्नसक्ने क्षमताको नेता भएको बताए ।
उनले भने, ‘हामीले चलचित्र समयानुकुल परिवर्तन गर्दै जानुपर्छ । राजनीति भन्ने चिज शरीरको हार्ट र मुटु हो । राजनीतिबाट हामी टाढा बस्नै सक्दैनौँ । धेरै नेताहरु आफ्नो विषयसँग सम्बन्धित कुरामा मात्रै ध्यान दिएको देख्छु तर केपी शर्मा ओलीमा अहिलेको समाजसँग परिवर्तन गर्दै जाने खुबी छ । उहाँमा सबै किसिमको ज्ञान छ । उहाँका पोस्ट र व्यक्तिगत रुपमा भेट्दा पनि राम्रो लाग्छ । आफूलाई समयानुसार अपग्रेट गर्नुपर्छ । यो कुरा चलचित्रमा लागू हुन्छ । हास्यव्यंग्यको कुरा गर्दा मलाई नै भन्छन्, तँ भन्दापनि ठूलो हास्यव्यंग्यकर्मी उहाँ हो । व्यंग्यको चेत भनेको ठूलो कुरा हो, व्यंग्य गर्न थुप्रै अध्ययन चाहिन्छ ।’
काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend