Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • नेपाल स्वास्थ्यकर्मी संघभित्र अस्वस्थ काम, अबैध अध्यक्ष सरुवा र नियुक्तिको मोलतोलमै ब्यस्त


    मंगलबार, असोज ३० २०८०
    2.3K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्था नेपाल स्वास्थ्यकर्मी संघ अनियमितताको केन्द्र बनेको छ । २०६९ मा निजामती सेवा ऐन अनुसार श्रम तथा रोजगार बिभागमा दर्ता भएको राष्ट्रियस्तरको ट्रेड युनियन हालसम्म नवीकरण भएको छैन ।

    नवीकरण नभएको अबैध संघको तर्फबाट त्यसका पदाधिकारीहरुले अबैधानिक कार्यहरु गरिरहेका छन् । अबैध संघका तर्फबाट अध्यक्ष रामजी घिमिरेले नेपाल सरकार मातहतका निकायमा सरुवा, बढुवा, नियुक्ति लगायतका लाभका कार्यमा भाग माग्ने गरेका छन् । संघको कोटा भन्दै रकम लिंदै उनले नियुक्तिदेखि सरुवा बढुवा गरेको आरोप छ ।

    अवैधानिक संघका अध्यक्ष घिमिरेले स्वास्थ्य मन्त्रालय मातहतका निकायमा आफ्नो एनजीओका लागि अनुदान समेत लिने गरेका छन् । बिगत दुई महाधिबेशनमा सदस्यता खास गरी सक्रिय सदस्यता बापत उठेको सबै रकम उनले हिनामिना गरेर आफ्नो सहकारीमा लगानी गरेको समाचार छ ।

    एकताबद्व भएर साथीहरुको हकहितमा लाग्नुपर्ने संघका अध्यक्ष र महासचिवबीचमा फाटो आएर कार्यालय समेत अलग अलग राखिएका छन् । महासचिवको कार्यालय टेकु उकालोमा छ भने अध्यक्ष घिमिरेको कार्यालय युनिभर्सल स्वास्थ्य सहकारीमा राखिएको छ । जुन सहकारी अध्यक्ष रामजी घिमिरेकै हो । संघको सदस्यताबापत लिएको रकम हिनामिना गरी उनले उक्त सहकारी खोलेको आरोप छ ।

    निजामती सेवा ऐन अनुसारको ट्रेड युनियनको नवीकरणलाई बेबास्ता गरेर अध्यक्ष घिमिरेले महिला स्वास्थ्य स्वयंसेविकाको नाममा महिला स्वास्थ्य स्वयंसेवी संघ नामको ट्रेड युनियन दर्ता गरेर समुदायमा खाली खुट्टा काम गर्ने महिलाको नाममा डलरको खेती गरिरहेका छन् ।

    पी.एस.आई. पब्लिक सर्भिस इन्टरनेशनल संस्थाबाट आउने अनुदानको पनि हिसाबकिताब देखाउने गरिएको छैन भने अन्तर्राष्ट्रिय कार्यक्रममा पनि आफ्नो मन परेको मानिसलाइ मात्र सहभागी गराउने काम गरिएको छ । संघलाई देखाएर बिहान बेलुका हाकिमहरुकहाँ लाभ लिनेबाहेक स्वास्थ्यकर्मीहरुको हकहितका बिषयमा आवाज नउठाउदा संघप्रति सदस्यहरुको बितृष्णा बढेको छ । स्वास्थ्यकर्मी संघमा भएको बेथिति बिसङ्गतिको बिषयमा नेपाली काङग्रेस पार्टीमा समेत उजुरी पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार