Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कक्षा ११ को किताबको मूल्य तोक्यो जनक शिक्षा केन्द्रले


    बिहिबार, असोज २२ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले कक्षा ११ को पाठ्पुस्तकको मूल्य तोकेको छ।

    केन्द्रबाट छपाइ भई विक्री वितरणमा आइरहेका कक्षा ११ को नेपाली र अंग्रेजी दुई विषयको पाठ्यपुस्तकको मूल्य निर्धारण गरिएको केन्द्रले जानकारी दिएको छ।

    नेपाली कितावको मूल्य ६९ र अंग्रेजीको १२४ रुपैयाँ तोकिएको केन्द्रको भनाइ छ।

    केन्द्रले तोकेअनुसार नै पाठ्यपुस्तकको विक्री वितरण तथा खरिद गर्न केन्द्रले अभिभावक, विद्यार्थी तथा सरोकारवालाहरूलाई सूचना निकालेर जानकारी गराएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार