Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ललितपुरका केही क्षेत्रमा आज दिनभर बत्ती नआउने


    बिहिबार, असोज २२ २०७७
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ललितपुर । ललितपुरका केही स्थानमा आज दिनभर बिजुलीको समस्या हुने भएको छ । वितरण प्रणालीमा समस्या आएकाले सो क्षेत्र प्रभावित हुने भएको हो । 

    ललितपुरको सुनाकोठी, नख्खिपोट, चापागाउँ, लेलेलगायतका क्षेत्रमा बुधबार दिउँसोदेखि बिजुली आपूर्ति बन्द भएको छ ।

    नेपाल विद्युत् प्राधिकरणको लगनखेलमा रहेको पाटन सबस्टेशन अन्तर्गतको चापागाउँ फिडरबाट वितरण भएको लाइनमा खराबी आएकाले दक्षिण ललितपुरका धेरै ठाउँमा बिजुलीको आपूर्ति बन्द भएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ । यी क्षेत्रमा दिउँसो ३ बजेदेखि बिजुलीको आपूर्ति हुन सकेको छैन ।

    वितरण लाइनको कुन ठाउँमा खराबी आयो भन्ने यकिन नहुँदा मर्मतमा समस्या भएको छ । दिउँसोदेखि नै प्राविधिकको टोली मर्मतमा खटिए पनि समस्या पत्ता लगाउन नसक्दा कठिनाइ भएको बताइएको छ । अहिले पनि प्राविधिकको टोलीले काम गरिरहेको र काम सम्पन्न भएसँगै बिजुली नियमित हुने प्राधिकरणले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार