Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चेन्नई विरुद्ध कोलकाता सफल, १० रनले जित्यो खेल


    बिहिबार, असोज २२ २०७७
    860
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपर किंग्सले  चौथो हार ब्यहोरेको छ।  बुधबार राति सम्पन्न खेलमा चेन्नई कोलकाता नाइट राइडर्ससँग १० रनले पराजित भएको हो।

    जितका लागि १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५७ रन मात्र बनाउन सक्यो।  चेन्नइका लागि सेन वाटसनले सर्वाधिक ५० रन बनाए पनि त्यो जितका लागि प्रर्याप्त हुन सकेन।

    कोलकाता सुनिल नारायण, शिवभ माभी, बरुण चत्रबर्ती, कमलेश नगरकोटी र आन्द्रे रसेलले एक एक विकेट लिए। त्यसअघि शेख जायद स्टेडियम आबुधाबीमा टस जितेर पहिला ब्याटिङ रोजेको कोलकाता २० ओभरमा अल आउट हुँदै १ सय ६७ रन बनाएको थियो। ओपनर राहुल त्रिपाठीले सर्वाधिक ८१ रनको योगदान दिए। 

    चेन्नईका लागि ड्वेन ब्राभोले सर्वाधिक ३ विकेट लिए। यस्तै  करण शर्मा, शार्दुल ठाकुर र साम करन २/२  विकट हात पारे। यो जितसँगै कोलकाता पाँच खेलमा ६ अंक बनाएको छ र लिगको तेस्रो स्थानमा उक्लिएको छ। चेन्नई पुछारबाट चौथो स्थानमा छ।  प्रतियोगिता अन्र्तगत बिहीबार सनराइजर्स हैदराबाद र किंग्स इलेभन पञ्जाब बिच प्रतिस्पर्धा हुनेछ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार