काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले लगातार दोस्रो जित हात पारेको छ।
नेपालले आज मलेसियामा भएको खेलमा बहराइनविरुद्ध सात विकेटको सहज जित निकालेको हो । मलेसियाको क्वालालम्पुरस्थित बयुमस ओभलमा सम्पन्न खेलमा बहराइनले प्रस्तुत गरेको ७८ रनको लक्ष्य नेपालले ११.४ ओभरमा तीन विकेट गुमाएर भेट्टायो ।
नेपालको जितमा अर्जुन कुमाल र कप्तान देव खनालले समान ३२ रन जोडे । १०–३ को नाजुक अवस्थामा यी दुईले चौथो विकेटका लागि ६८ रनको अविजित साझेदारी गर्दै नेपाललाई जित दिलाएका हुन् । यसबाहेक अन्य तीन ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बहराइनका अनास ओभाइद सयेदले तीन विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको बहराइनले ३७.५ ओभरमा सबै विकेट गुमाएर ७७ रनको योगफल खडा गरेको थियो ।
बहराइनका मुहम्मेद बसिलले ३४ रन बनाए । यसबाहेक, अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । बहराइनका पाँच ब्याटर शून्यमा पभेलियन फर्किएका थिए ।
नेपालबाट घातक बलिङ गरेका दीपेश कँडेलले ६ विकेट लिए । ९.५ ओभर बलिङ गरेका उनले आठ मेडन राख्दै चार रनमात्र खर्चिए । यस्तै, दुर्गेश गुप्ताले चार विकेट लिए ।
नेपालले यसअघि पहिलो खेलमा इरानलाई २७४ रनको जित निकालेको थियो ।
प्रतियोगितामा नेपालसँगै १६ टिमको सहभागिता छ । सहभागी १६ टिमलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै बहराइन, इरान र साउदी अरेबिया छन् ।
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ ९एन्फा० माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा...
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६...
काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप-२०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रङ्गशालामा बुधवार भएको आफ्नो पहिलो खेलमा अष्ट्रियाले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend