Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ


    बुधबार, असोज २१ २०७७
    940
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कैलाली । घोडाघोडी नगरपालिका-१० आमखोया बस्ने टेक बहादुर मल्लको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय दिलिप कठायत समेत ११ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

    उनको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुख्खडबाट खटिएको प्रहरीले नगद १ लाख ३५ हजार ५ सय रुपैयाँ, २ गड्डी तास र १ थान मण्डी सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार