Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • कोसीका नवनियुक्त मुख्यमन्त्री कार्कीले आज शपथ लिँदै


    आइतबार, असोज २८ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज(आइतबार) पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

    प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीको शपथ कार्यक्रम राखिएको जनाएको छ ।

    कार्कीलाई शनिबार प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कार्कीको पक्षमा ४७ जना सांसदले सनाखत गरेपछि खापुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

    नेपाली कांग्रेसका आठ र नेकपा (एमाले)का ३९ सांसद परिचयपत्रसहित भेला भएर सनाखत गरेपछि कार्कीका पक्षमा बहुमत पुगेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार