विराटनगर । कोसी प्रदेश सरकारको बजेटसम्बन्धी प्रतिस्थापन विधेयकमा कार्यक्रम कटौती भएपछि मंगलबार नेकपा (एमाले) र राप्रपाका सांसदले उठेर विरोध गरेका छन् । आफैंले समर्थन गरेर बनाएका मुख्यमन्त्री केदार कार्कीले आफ्नो पालाको बजेट तथा योजना कटौती गरेको भन्दै एमाले र राप्रपाले कोशी प्रदेश सभामा विरोध जनाएका हुन्।
प्रदेशसभाको आज (मंगलबार)को बैठकको कारबाही सुरु हुनासाथ एमाले र राप्रपाका सांसदले उठेर सदनमा विरोध गरेका थिए । सभाको अध्यक्षता गरिरहेका सांसद इस्राइल मन्सुरीले आफ्ना कुरा राख्न प्रमुख विपक्षी एमालेलाई समय दिए ।
एमाले संसदीय दलका उपनेता राम रानाले रातो किताबमा धेरै योजना कटौती भएकोमा विरोध गर्दै सदन अवरोध गरे ।
रानाले भने, “एक वर्षमा पाँच पटक सरकार फेरियो । बजेट निर्माण गर्दा छलफल हुनुपर्ने थियो । सरकारले लगभग आधा वर्ष बितेको बजेट व्यवस्थापन गर्दा ध्यान दिन पर्थ्यो ।” प्रतिपक्षका सांसदहरूबाट आएको कार्यक्रमलाई नै समेट्ने भनिएकोमा त्यो नभएको जनाए ।
“सांसदले माग पेस गर्नुभयो तर इमान्दार बन्ने हो कि बेइमान बन्ने भन्ने मूल प्रश्न हो,” उनले भने, “सांसदले प्राथमिकीकरण गरेका योजना कटौती भएका छन् ।”
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको गोताखोर तथा विपद् व्यवस्थापनसहितको टोलीले गत वैशाखदेखि असार मसान्तसम्मको अवधिमा विभिन्न घटना तथा दुर्घटना र विपद् जोखिममा परेका...
२०८३ साउन ६ गते बुधबार नेपाल फेस डटकमा प्रकाशित ‘गगन थापाका भित्रियालाई बिराजभक्त र सभामुखले गुठीमै किन रोजे ?’ शीर्षकको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend