विराटनगर । कोसी प्रदेश सरकारको बजेटसम्बन्धी प्रतिस्थापन विधेयकमा कार्यक्रम कटौती भएपछि मंगलबार नेकपा (एमाले) र राप्रपाका सांसदले उठेर विरोध गरेका छन् । आफैंले समर्थन गरेर बनाएका मुख्यमन्त्री केदार कार्कीले आफ्नो पालाको बजेट तथा योजना कटौती गरेको भन्दै एमाले र राप्रपाले कोशी प्रदेश सभामा विरोध जनाएका हुन्।
प्रदेशसभाको आज (मंगलबार)को बैठकको कारबाही सुरु हुनासाथ एमाले र राप्रपाका सांसदले उठेर सदनमा विरोध गरेका थिए । सभाको अध्यक्षता गरिरहेका सांसद इस्राइल मन्सुरीले आफ्ना कुरा राख्न प्रमुख विपक्षी एमालेलाई समय दिए ।
एमाले संसदीय दलका उपनेता राम रानाले रातो किताबमा धेरै योजना कटौती भएकोमा विरोध गर्दै सदन अवरोध गरे ।
रानाले भने, “एक वर्षमा पाँच पटक सरकार फेरियो । बजेट निर्माण गर्दा छलफल हुनुपर्ने थियो । सरकारले लगभग आधा वर्ष बितेको बजेट व्यवस्थापन गर्दा ध्यान दिन पर्थ्यो ।” प्रतिपक्षका सांसदहरूबाट आएको कार्यक्रमलाई नै समेट्ने भनिएकोमा त्यो नभएको जनाए ।
“सांसदले माग पेस गर्नुभयो तर इमान्दार बन्ने हो कि बेइमान बन्ने भन्ने मूल प्रश्न हो,” उनले भने, “सांसदले प्राथमिकीकरण गरेका योजना कटौती भएका छन् ।”
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend