विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज ‘तमु ल्होसार’को सन्दर्भमा दिएको शुभकामना सन्देशले पहिचानवादी खुसी भएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आइतबार जारी शुभकामना सन्देशमा प्रदेशको नाम कोसी छुट्न गएको थियो ।
कोसी प्रदेशका मुख्यमन्त्री कार्कीले दिएको तमु ल्होसारको शुभकामना वक्तव्यमा ‘कोसी’ नाम उल्लेख नभएको भन्दै आलोचना भएको छ । तर, पहिचानवादीहरूले भने कार्कीको प्रशंसा गर्दै सामाजिक सञ्जालमा धन्यवाद दिएका छन् ।
वक्तव्यको वायाँतर्फ ‘मुख्यमन्त्री’ र दायातर्फ ‘विराटनगर नेपाल’ उल्लेख छ । एमाले निकट नेता तथा कार्यकर्ताहरूले यसको व्यापक आलोचना गरिरहेका छन् ।
एमालेकी संघीय सांसद सुनिता बरालले आफ्नो फेसबुकमा “मुख्यमन्त्रीज्यू यो तुरुन्तै सच्याउनुस् र माफी माग्नुस् । नाम परिवर्तन गर्ने नियत भए, प्रक्रिया पढ्नुस अन्यथा पदका लागि यति निर्लज्जता शोभनिय हुँदैन” भन्दै स्टाटस लेखेकी छन् । पहिचान पक्षधरले कोसी नाम स्वीकार नगर्ने भन्दै आन्दोलन गरिरहेका छन् । उनीहरू संम्बद्ध नेताले कोसी नामबिनाको वक्तव्यको स्वागत गरेका छन् ।
उता, पहिचानवादी नेता अर्जुन जम्नेली राईले “हो यस्तो कोसी शब्दबिनाको शुभकामना मात्रै स्वीकार्य हुन्छ । धन्यवाद मुख्यमन्त्री कार्यालयलाई । कोही कोसी नाम मात्र स्थापित गर्न चाहन्छन् भने ती विखण्डनकारी, नश्लवालीहरू हुन्” भन्दै सामाजिक सञ्जालमा लेखेका छन् । गत वर्षको फागुन १७ गते प्रदेशसभाबाट कोसी नाम पारित भएको थियो ।
यता, मुख्यमन्त्री कार्यालयका प्रेस सल्लाहकार देवनारायण साहले प्राविधिक त्रुटि भएको भन्दै सच्याइएको बताएका छन् ।

काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend