Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोसी सरकारविरुद्धको रिट आज पनि ‘हेर्न नभ्याइने’मा


    मंगलबार, असार २६ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको रिट आज पनि ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ।

    आज न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा परेको उक्त रिट बिहानै हेर्न नभ्याइने भन्दै स्थगित भएको छ ।

    यसअघि, दुईपटक सुनुवाइ तोकिएको भए पनि हेर्न नभ्याउने हुँदै स्थगित भएको हो ।

    गएको बिहीबार सभामुख समेतलाई जोडेर सरकार गठन गरिएपछि नेकपा (एमाले)का तर्फबाट रिट दायर गरिएको थियो ।

    कोसीका निर्वतमान मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले संविधानविपरीत सरकार गठन भएको भन्दै रिट दायर गरेका हुन् ।

    रिटमा हालै नियुक्त भएका मुख्यमन्त्री उद्धव थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ र प्रदेश सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार