Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कृषि विकास बैंकको सिस्टम ह्याक प्रकरण : रकम निकाल्नेमध्येका एक जना पक्राउ


    बुधबार, असोज २१ २०७७
    770
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले कृषि विकास बैंकको सिस्टम ह्याक गरी रकम निकाल्नेमध्ये एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुशील गर्ग रहेका प्रहरीले जनाएकाे छ ।

    गर्गसहितको समूहले बैंकको सिस्टम ह्याक गरी ४ करोड ८८ लाख ८६ हजार भन्दा बढी रकमान्तर गरेका थिए ।

    कृषि विकास बैंकको मुख्य कार्यालय सिंहदरबार र शाखा कार्यालय सिरहा लाहान तथा विभिन्न उपशाखा कार्यालयको सिस्टम ह्याक गरेर ४ करोडभन्दा बढी रकम रकमान्तर गरिएको थियो ।

    गर्गसहित श्रवणकुमार श्रेष्ठ, सुनिता श्रेष्ठ, बिजय शाह, चन्द्र बहादुर बुढा, लुरानी घले तामाङ्ग, राम कुमार भन्ने राम कृष्ण भुषाल, त्रिपुरा समिल, लेईस घले, लवाङ तामाङ्ग, दिपक नेपाललगायत मिलेर सिस्टम ह्याक गरेर रकमान्तर गरिएको मध्ये ३ करोड ४ लाख रुपैयाँ निकालिसकेका थिए ।

    उक्त ह्याक प्रकरणमा प्रहरीले ३८ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो। जसमध्ये गर्गसहित १८ जना पक्राउ परेका छन् भने २० जना भने अझै फरार छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार