Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • काठमाडाैँमा फेरि भेटियो नयाँ मितिको लेबल टाँस्ने गाेदाम


    बुधबार, असोज २१ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैँ । काठमाडाैँकाे कलंकीपछि चण्डोलमा पनि नयाँ मितिको लेबल टाँस्ने गाेदाम फेला परेकाे छ।  प्रहरी परिसर काठमाडौंले विशेष सूचनाको आधारमा चण्डोलमा छापा मार्दा नयाँ लेबलिङ गर्न ठिक्क पारिएको सामग्री भण्डारण गर्ने गोदाम फेला पारेको हाे। प्रहरीले सो स्थानबाट ठुलो परिमाणमा चकलेट, बिस्कुट, तेल, टुना फिस, डाइपर, टिस्यु पेपर र पास्ता जस्ता वस्तुहरु बरामद गरेको छ।

    परिसरका प्रवक्ता सोमेन्द्र सिंह राठौरले कलंकीमा फेला परेको जस्तै समानहरु चण्डोलमा फेला परेको बताए। उनका अनुसार त्यहाँ देखिएका केही ब्राण्ड कलंकीमा फेला परेकोसँग मिल्दो छन्।

    ‘म्याद गुज्रिएको र नयाँ म्याद राख्न ठिक्क पारिएको केही समानहरु यो भन्दा अघि भेटिएकै प्रकृतिको रहेको छ’ उनले भने, ‘बिक्रेता, व्यवसायीहरु फरक होलान् तर ब्राण्ड भने मिलेको छ।’ 

    फेला परेका वस्तुकाे प्रकृतिका आधारमा बिक्रेता कम्पनीहरुका सञ्चालक फरक-फरक भएपनि उनीहरुले बिक्रेताको जिम्मेवारी लिएको मूल कम्पनी भने एउटै हुनसक्ने प्रहरीले आंशका गरेको छ।  त्यससम्बन्धी अनुसन्धान भैरहेको राठौरले बताए। 

    कलंकीमा पाँचतले घर नै भाडामा लिएर म्याद गुज्रेका सामानमा नयाँ लेबल लगाउने गरेको भेटिएकोमा चण्डोलमा पनि यस्तै धन्दा हुने गरेको फेला पारिएकाे हाे। केही दिनअघि कलंकीमा विशेष सूचनाको आधारमा भेटिएको सो घर र नयाँ लेबल गरेर सामान राख्ने गोदामसमेत सिल गरिएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार