काठमाडौं । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले स्लोभाकियालाई हराउँदै पोर्चुगल आगामी युरोपियन च्याम्पियनसिपका लागि छनोट भएको छ । शुक्रबार राति भएको खेलमा ३–२ को जीत हासिल गर्दै पोर्चुगल समूह जे बाट ३ खेल बाँकी छँदै प्रतियोगिताका लागि छनोट हुन सफल भएको हो ।
खेलको १८ औँ मिनेटमा पोर्चुगलका लागि गोन्कालो रामोशले पहिलो गोल गरेका थिए । २९ औँ मिनेटमा रोनाल्डोले पेनाल्टीबाट पोर्चुगलको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफको ६९ औँ मिनेटमा डेभिड ह्यानकोले स्लोभाकियाका लागि एक गोल फर्काए पनि रोनाल्डोले तत्कालै टोलीको दुई गोलको अग्रता कायम गरेका थिए । योसँगै अन्तर्राष्ट्रिय फुटबलमा कीर्तिमानी गोल सङ्ख्या १ सय २५ पुगेको छ । उनले २०२ खेलमा यो उपलब्धि हासिल गरेका हुन् ।
स्टानिस्लाभ लोबोट्काले ८० औँ मिनेटमा स्लोभाकियाका लागि अर्को गोल गरे पनि त्यसपछि भने कुनै गोल हुन सकेन । योसँगै पोर्चुगलले समूह जीको सातमध्ये सातै खेल जित्दै युरो २०२४ मा स्थान पक्का गरेको छ । पोर्चुगलसँगै बेल्जियन, जर्मनी र फ्रान्सले आफ्नो स्थान पक्का गरेको
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend