Nepal Face
  • आइतबार, १० साउन २०८३
  • साइबर अपराधमा श्रीमतीले उजुरी दिएपछि पूर्वउपप्रधानमन्त्रीका पीए पक्राउ


    बुधबार, असोज २१ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवका निजी सचिव महेशकुमार तमौली(महेश चौरसिया)का बिरुद्ध आफ्नै श्रीमतीले विद्युतीय अपराध(साइबर अपराध) को उजुरी दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।

    काठमाडौं प्रहरी परिसरले चौरसियालाई २०७७ असोज ८ मा नियन्त्रणमा लिएको हो । उनलाई सुरुमा ५ दिन म्यादथप गरिएको थियो । असोज १२ मा पुनः १० दिन म्यादथप गरी अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौैरले जानकारी दिए । उनले भने–चौरसियाले श्रीमतीलाई धम्कीपूर्ण र गालीगलौजयुक्त म्यासेज पठाएको र सामाजिक संजाल फेसबुकमा पोष्ट गरेको उजुरी परेपछि नियन्त्रणमा लिइएको हो । उनका बिरुद्ध परेको उजुरीमा अनुसन्धान भइरहेको छ ।

    विद्युतीय उपकरणहरु कम्प्युटर, मोबाइल तथा यसको नेटवर्कका माध्यमबाट हुने कुनै पनि प्रकारका आपराधिक कार्यलाई विद्युतीय अपराध (साइबर अपराध) मानिन्छ । कम्प्युटरलाई माध्यम बनाएर वा अर्काको कम्प्युटरलाई लक्ष्य बनाएर कानुनले निषेध गरेको क्रियाकलाप गर्नुलाई साइबर अपराध भनिन्छ । एसपी राठौरका अनुसार चौरसियाले श्रीमतीलाई फेसबुक र म्यासेन्जरमा गालीगलौज र धम्की दिएको देखिएको छ । बाँके प्रहरीमा उजुरी परेको रहेछ, त्यही उजुरीका आधारमा पक्राउ गरिएको हो । 

    चौरसिया पत्रकार पनि हुन् । उनी जसपा अध्यक्ष यादव हरेक पटक मन्त्री हुँदा उनको सचिवालययमा कार्यरत थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार