Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २५३ जना नेपाली विद्यार्थी बोकेर जहाज इजरायलबाट उड्यो


    बिहिबार, असोज २५ २०८०
    2.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । २५३ जना नेपाली विद्यार्थी बोकेको नेपाल एयरलायन्सको वाइडबडी जहाज इजरायलबाट उडेको छ ।सुदूरपश्चिम विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयका २५३ जना विद्यार्थी बोकेको जहाज नेपालका लागि उडेको हो ।

    नेपाली समय अनुसार ४ः५५ बजेतिर विमान उडेको नेपाली विद्यार्थीहरूले जनाएका छ ।

    उनीहरूलाई लिनका लागि परराष्ट्रमन्त्री एनपी साउद आफैँ इजरायल पुगेका छन् । उक्त विमान आजै राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार