Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • नुवाकोटमा एक वृद्धाको हत्या


    बिहिबार, असोज २५ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • नुवाकोट। नुवाकोटको पञ्चकन्या गाउँपालिका ३ तीनघरेमा एक वृद्धाको हत्याको भएको छ ।

    करिब दश वर्षदेखि एक्लै बस्दै आएकी ती ७१ वर्षीया नुरकुमारी थापाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी खगेन्द्रबहादुर खड्काले बताए ।

    गाउँका मान्छेले काम गर्ने सिलसिलामा छिमेकीले मृत्यु भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनी एकल महिला समेत हुन् । उनको घर बस्तीभन्दा तल एकान्तमा छ ।

    प्रहरीका अनुसार उनका छोरा काठमाडौं बस्दै आएका छन् । उनको हत्या सम्बन्धमा अनुसन्धान भइरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार