Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इजरायलमा नेपालीको उद्धारमा सरकार गम्भीर छ : परराष्ट्र मन्त्रालय


    बुधबार, असोज २४ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। इजरायलमा रहेका नेपालीको उद्धारमा सरकार गम्भीर रूपमा लागेका परराष्ट्र मन्त्रालयले जनाएको छ । इजरायल र गाजाबीचको घटनापछि समस्यामा परेका विद्यार्थीहरूलाई उद्धार गरी स्वदेश फर्काउन सरकार गम्भीर रूपमा लागेको जनाएको हो ।

    परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गर्दै प्रवक्ता सेवा लम्सालले घाइतेको उपचार जारी रहेको, घर फर्किन चाहनेको लागि उद्धारको कार्यमा गम्भीर रूपमा लागेको बताइन् । हाल दुई जना विद्यार्थी डिस्चार्ज भइसकेको बताइन् ।

    २ जना अझै उपचारको क्रममा रहेको र सम्पर्कबिहिन रहेका १ जनाको खोजीका लागि निरन्तर लागिरहेको बताइन् ।

    सम्पर्कविहिन बनेका बिपिन जोशीको खोजीका लागि सरकारले इजरायल सरकारसँग गम्भीर भएर लागेको बताइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार