Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फर्जी नागरिकता बनाउने ज्वाइँ–ससुरा पक्राउ


    बुधबार, असोज २१ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । सल्यानमा फर्जी नागरिकता बनाइदिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छत्रेश्वरी गाउँपालिका–७ जिताठानका ४६ वर्षीय मुस्ताज मियाँ र दाङको बबई गाउँपालिका–७ घर भएका २३ वर्षीय समिर मियाँ भन्ने ईमाम बक्स मियाँ छन् ।

    समिर मियाँ नातामा मुस्ताज मियाँका ज्वाइँ रहेको प्रहरी अनुसन्धानमा खुलेको छ । ज्वाइँ समिरलाई छोरा भनेर मुस्ताजले २०७५ भदौ २४ गते छत्रेश्वरी गाउँपालिक- ७ वडा कार्यालयको सिफारिसमा नागरिकता बनाइदिएको प्रहरीले जनाएको छ ।

    पटकपटक आफ्ना बाबु बिसमुल्ला मियाँलाई नागरिकता बनाइदिन आग्रह गर्दा पनि बेवास्ता गरेपछि सल्यान गएर ससुरालाई बुबा बनाएर नागरिकता लिएको समिरले प्रहरीसमक्ष बताएका छन् ।

    जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक लक्ष्मण ओलीका अनुसार पक्राउमा परेका दुवै जनालाई नेपाल नागरिकता ऐन २०६४ बमोजिम कारबाही हुनेछ । पक्राउ गरेका दुवैलाई जिल्ला अदालतबाट १५ दिनको म्याद थप भएको छ ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार