Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वामदेवको मुद्दाको पेशी चढेन, आज सुनुवाइ नहुने


    बुधबार, असोज २१ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय सभा सदस्यमा वामदेव गौतमको नियुक्ति बदरको माग गर्दै दायर रिटमा आज सुनुवाइ नहुने भएको छ । उनको मुद्दाको आज पेशी चढेको छैन । 

    यसअघि सो मुद्दाको पेशी बुधबारका लागि तोकिएको थियो । तर सर्वोच्चका न्यायाधीश र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै इजलाशहरु प्रभावित भएका छन् । सोहीकारण आज दुईओटा मात्र इजलाश तोकिएका छन् । 

    न्यायाधीशहरू नै आइसोलेसनमा बसेपछि दैनिक ८/९ वटा इजलास बस्‍ने गरेकामा अहिले संख्या कटौती गरिएको छ । 

    संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पाँच न्यायाधीश छन् ।

    ‘संविधान जारी भएपछि यस्तो प्रकृतिको संवैधानिक विवाद पहिलोपटक सर्वोच्च अदालतमा परेको भन्दै यसको निरुपण संविधानवाद, सार्वभौम जनताप्रति उत्तरदायित्व, लोकतान्त्रिक विधि, सुशासन, संवैधानिक नीति एवं संवैधानिक नैतिकताका सिद्धान्तसमेतलाई दृष्टिगत गरी दीर्घकालसम्म संवैधानिक मान्यता कायम हुने गरी गरिनुपर्ने हुन्छ’, सर्वोच्चले यसअघि सो मुद्दामा आदेश गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार