Nepal Face
  • आइतबार, १० साउन २०८३
  • किन भयो प्रहरी र सशस्त्रबीच लफडा ?


    मंगलबार, असोज २३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौँको नयाँ बानेश्वरस्थित होटल एभरेष्ट अगाडि सोमबार स्थानीय तहका कर्मचारी र प्रहरीबीच घम्साघम्सी भयो ।

    काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो । त्यसक्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले कर्मचारीमाथि लाठी चार्ज गर्यो । प्रहरी केही संयमित देखियो भने सशस्त्र प्रहरीले कर्मचारीमाथि निर्मम देखिइरहेको थियो ।

    त्यहीबीच नगर प्रहरीका डीएसपी रोशन खड्काले प्रहरीलाई लाठी नहान्न निर्देशन दिइरहेका थिए । उनको निर्देशन सशस्त्र प्रहरीका अधिकारीले टेरेनन् । त्यसपछि सशस्त्र प्रहरीका अधिकारीको उनले कठालो समाते । विवाद हुने देखिएपछि अन्य अधिकारीहरुले छुट्ट्याए ।

    डीएसपी खड्का त्यतिमा रोकिएनन्, उनले प्रहरीका आफ्नै कर्मचारीलाई पनि थर्काउँदै लाठी नहान्न निर्देशन दिए ।

    संघीय निजामती सेवा विधेयकमा आफूहरुको माग समेटिदिन भन्दै १५ असोजदेखि आन्दोलनरत् उनीहरुको प्रदर्शन मंगलबार पनि जारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार