Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोनाबाट मृत्यु हुनेमा ७० प्रतिशत ५० वर्षमाथिका


    बुधबार, असोज २१ २०७७
    800
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं ।  नेपालमा हालसम्म कोरोनाबाट मृत्यु भएकामध्ये २९.६ प्रतिशत ५० वर्षमुनिका छन्। मंगलबारसम्मको तथ्यांकअनुसार कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ६ सय ६३ पुगेको हो। त्यसमध्ये १ सय ६७ जना ५० वर्षमुनिका छन्। त्यसमा पनि ४० देखि ४५ वर्षसम्मा धेरै छन्। मृत्यु हुनेमा ७० प्रतिशत ५० वर्ष माथिका छन्।

    नेपालमा ५० वर्ष मुनिकाको मृत्यु संख्या विकसित देशको तुलनामा बढी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए। ‘कारणबारे थप अध्ययन हुनुपर्छ, ’ उनले भने। तर कम उमेर भएपनि शरिरको प्रतिरोधात्मक क्षमता कमजोर छ भने कोरोना भाइरस मृत्युको कारण बन्ने उनले बताए। ‘कम उमेर छ भन्दैमा ढुक्क हुने अवस्था छैन, रोगसित लड्ने क्षमता कति छ भन्ने कुरामा भर पर्छ,’ उनले भने।नेपालमा युवा उमेरका मानिसको कोभिड–१९ ले हुने मृत्यु विकसित देशको तुलनामा बढी रहेको विज्ञहरूले जनाएका छन्। विकसित देशको तुलनामा नेपालमा ७० वर्षमाथिका वृद्धहरूको संख्या कम हुनु र बढी मात्रामा युवा समूहमा नै कोरोना संक्रमण हुनुले ५० वर्षमुनिका व्यक्तिको मृत्यु बढी भएको उनीहरूको तर्क छ। कम उमेरका भए पनि उनीहरू कुनै न कुनै दीर्घरोगबाट प्रभावित भएकाले यो उमेरका कोरोना संक्रमितको मृत्यु भएको हुनसक्ने राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनीको विश्लेषण छ। पछिल्लो समय नेपालमा गलत जीवनशैलीको कारण मोटोपना भएका युवा संख्या बढिरहेकाले पनि युवा उमेर प्रभावित भएको उनको तर्क छ। ‘मोटा व्यक्ति जोखिममा हुने कुरा नेपालमा त्यति चर्चामा छैन, तर कोरोना भाइरसले मोटा व्यक्तिलाई बढी असर गर्छ ,’ उनले भने।

    शुक्रराज सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक तथा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार नेपालमा युरोप र अमेरिकाको तुलनामा उमेर समूहको बनोट पनि ७० वर्ष मुनिका धेरै रहेकोले मृत्यु पनि कम उमेरको भएको हो। यो उमेर समूहमा क्षयरोग, रक्तचाप, दम, मधुमेह, मिर्गौलासम्बन्धी अन्य रोग भएकाले पनि यो उमेर समूहका मानिसको मृत्यु भएको डा. पुन बताउँछन्। ‘कम उमेरमै यस्ता दीर्घरोग छन् भने कोरोनाले हुने मृत्युमा उमेरको हदबन्दी हुँदैन,’ डा. पुनले भने।

    नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान विभाग प्रमुख डा. मेघनाथ धिमालका अनुसार नेपालमा कोरोनाबाट संक्रमित हुनेमा ९२ प्रतिशत ६० वर्षमुनिका छन् भने ७० वर्षमाथिका ६÷७ प्रतिशत छन्। परिषद्ले केही समयमै नेपालमा कोरोना संक्रमण र मृत्यु स्थितिबारे तथ्यांक व्यवस्थित गर्न लागेको उनले जानकारी दिए। नागरिक दैनिकबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार